काठमाडौं । नेपाल खेलकुद क्लबविरुद्ध ३-१ को पुनरागमन जित निकाल्दै न्युरोड टिम (एनआरटी) ले एन्फा महिला लिग छनोटमा विजयी सुरुआत गरेको छ ।
जितसँगै एनआरटीले तीन अंक जोडेको छ । दुवै खेलमा पराजित नेपाल खेलकुद अंकविहिन छ ।
पहिलो खेलमा नेपाल खेलकुद संकटा क्लबसँग १-० ले पराजित भएको थियो ।
सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा एनआरटीलाई जित दिलाउन सजिना स्याङतान, प्रतिक्क्षा ठकुरी र संगीताकुमारी मल्लले गोल गरे । नेपाल खेलकुदका लागि यशोदाकुमारी चिरालले गोल गरिन् ।
खेलको ५२औं मिनेटमा यशोदाको गोलमार्फत नेपाल खेलकुदले अग्रता लिएको थियो । ७२औं मिनेटमा सजिनाले एनआरटीलाई बराबरीमा ल्याएइन् ।
प्रतिक्क्षाले ८१औं मिनेटमा गोेल गर्दा एनआरटी २-१ ले अगाडि बढ्यो । तीन मिनेटपछि नै संगीताले गोल गर्दै एनआरटीलाई ३-१ को जित दिलाइन् ।
सोमबारै सम्पन्न अर्को खेलमा चर्च ब्वाइज युनाइटेडले एफसी रियलेविरुद्ध ६-० को एकतर्फी जित दर्ता गर्यो ।