कबड्डी

भारतीय कबड्डी खेलाडीको गोली हानी हत्या

नयाँ दिल्ली । भारतीय कबड्डी खेलाडी सन्दीपसिंह नंगाल अम्बाइनको गोली हानी हत्या भएको छ ।

जालन्धर जिल्ला प्रहरीका अनुसार सोमबार केही अज्ञान व्यक्तिहरुले अम्बाइनको गोली हानी हत्या गरेको हो ।

भारतको कल्यान गाउँ, साकोटमा कबड्डी प्रतियोगिता चलिरहेको बेला यो घटना भएको हो ।

अम्बाइनमाथि चार, पाँच जनाको समूहले गोली हानेको प्रहरीको रिर्पोटमा उल्लेख छ ।

प्रहरीले कबड्डी खेलाडीमाथि आठदेखि १० गोली प्रहार भएको अनुमान गरेको छ र अनुसन्धान जारी रहेको बताएको छ ।

सामाजिक सञ्जानमा भाइरल बनेको एक भिडियोमा टाढाबाट गोली चलेको र यसबाट कबड्डी प्रतियोगिताका लागि आएका दर्शकहरु भागेको देख्न सकिन्छ ।

व्यावसायिक कबड्डी खेलाडी अम्बाइनलाई उनको खेलकै कारण समर्थकले ‘ग्लाडियटर’ को उपमा दिएका थिए ।