पुर्णमान वज्राचार्य स्मृति केबी साम खुला टेबलटेनिस

खुला टेबलटेनिस प्रतियोगिता चैत तेस्रो सातादेखि सुरु

काठमाडौं । ११औं पुर्णमान वज्राचार्य स्मृति केबी साम राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता चैत २१ गतेदेखि हुने भएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता यसअघि माघ एक गतेदेखि आठ गतेसम्म हुने तय थियो । तर, कोभिड १९ महामारीको तेस्रो लहरका कारण स्थगित गरिएको थियो ।

केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा विभिन्न ३४ विधामा प्रतिस्पर्धा हुने आयोजक संघका पूर्व अध्यक्ष स्व. पूर्णमानका छोरा धम्रमानले जानकारी दिए ।

‘सबैका लागि टेबलटेनिस’ भन्ने मूल नारा रहेको प्रतियोगिता चैत २६ गतेसम्म सञ्चालन हुनेछ ।