एन्फा कार्यसमिति बैठक

एन्फा कार्यसमिति बैठकमा एनएसएलको एजेन्डा थप्न चार पदाधिकारीको माग

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को भोलि बस्ने कार्यसमिति बैठकमा आसन्न नेपाल सुपर लिग (एनएसएल) सम्बन्धी एजेन्डा थप्न उपाध्यक्ष वीर बहादुर खड्कासहित चार पदाधिकारीले माग गरेका छन् ।

एन्फा कार्यसमिति बैठक बुधबार दिउँसो ४ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा बस्दै छ । कार्यसमिति सदस्यलाई बैठकका लागि काटिएको पत्रमा एन्फा चुनावी एजेन्डा मात्रै समावेश गरिएको छ ।

तर, पछिल्लो समय सहिद स्मारक ए डिभिजन लिगका क्लबहरूले एन्फासँग एनएसएलको आधिकारिक धारणा माग गरेको सन्दर्भमा यो विषयलाई छलफलमा समावेश गर्न उपाध्यक्ष खड्कासहित, उपाध्यक्ष कृष्ण थापा सदस्यहरू दिनेश व्यञ्जनकार र विजय घलेले निवेदन दिएका छन् ।