उमा कुङफु

नगरपालिकास्तरीय उमा कुङफु आयाेजना गर्दै बूढानिलकण्ठ नगरपालिका

काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा बूढानिलकण्ठ नगरपालिकास्तरीय उमा कुङफु प्रतियोगिता फागुन २८ गते हुने भएको छ ।

प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जनाएका छन् । पुरुष/महिलामा गरी जम्मा १५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका खेलहरु बूढानीलकण्ठको कपनमा हुने छ । अध्यक्ष लामा, आयोजक संघका पूर्व अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक उद्धव थापा मगर, आयोजक संघका प्रथम उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईलगायतको टोलीले प्रतियोगिता सञ्चालन गर्नेछन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब सात लाख रुपैयाँ लाग्नेछ ।

प्रतियोगितालाई लक्षित गरी संघको आयोजनामा रेफ्री सेमिनार पनि सम्पन्न भएको छ । सहभागिलाई अध्यक्ष लामाले सैद्धान्तिक तथा पूर्व अध्यक्ष एवं सहायक मुख्य प्रशिक्षक मगरले प्रयोगात्मक ज्ञानबारे जानकारी गराएका थिए ।

एकदिने सेमिनारमा १७ जना सहभागी थिए । सहभागीलाई अध्यक्ष लामा, पूर्व अध्यक्ष मगर, प्रथम उपाध्यक्ष सन्जीत, उपाध्यक्ष मुन्नी सुवेदी, महासचिव भूपेन्द्र गुरुङ, सचिव रमेश महर्जनलगायतले प्रमाण पत्र वितरण गरेका थिए ।