बिद्या संस्कार अन्तर बिद्यालय शिक्षक फुटसल

विद्यासंस्कार फुटसलको उपाधि ड्याफोडिललाई

काठमाडौं । ड्याफोडिलले ‘आठौं संस्करणको बिद्या संस्कार अन्तर बिद्यालय शिक्षक फुटसल प्रतियोगिता २०७८’ को उपाधि उचालेको छ । ड्याफोडिलले एस स्कुलमाथि ४–३ को जित निकाल्दै ट्रफी उचालको हो ।

ड्याफोडिलले नगद २० हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्यो । उपविजयी एस स्कुलले नगद १० हजारसहित, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्यो ।

प्रतियोगितामा एस स्कुलका राजु श्रेष्ठ उत्कृष्ट खेलाडी, सोही स्कुलका शशि रिमाल र ड्याफोडिल स्कुलका रोशन पन्त उच्च गोलकर्ता, न्यू जेनिथ स्कुलका अजित महर्जन उत्कृष्ट गोलकर्ता, आयोजक विद्या संस्कार स्कुलका प्रणय मोक्तान मस्ट इन्स्पायरिङ्ग खेलाडी, ड्याफोडिल स्कुलका मिंगमा शेर्पा उत्कृष्ट व्यवस्थापक र सेन्ट जेभियर्स स्कुलले फेयर प्लेको अवार्ड पायो ।

प्रतियोगितामा न्यू एरा स्कुल, न्यू जेनिथ स्कुल, ड्याफोडिल स्कुल, साइपाल एकेडेमी,एस स्कुल,एन्जल हार्ट स्कुल,एजिएम स्कुल, रिब्स स्कुल, द एक्सेल्सर स्कुल, प्रिमियर स्कुल, सेन्ट जेभियर्स स्कुल गोदावरी र आयोजक विद्या संस्कार स्कुल जोरपाटी, अत्तरखेल गरी काठमाण्डौ र ललितपुरका १२ वटा टिमको सहभागिता रहेको थियो ।