आहा रारा गोल्डकप

आहा रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजनलाई स्कुटर प्रदान

पोखरा । माघमा सम्पन्न २०औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताका उत्कृष्ट खेलाडी राजन गुरुङलाई अप्रिला स्कुटर हस्तान्तरण गरिएको छ ।

आहा राराको नयाँ विजेता टोली एपिएफका राजन प्रतियोगितामा उत्कृष्ट घोषित भएका थिए । सिताज् लाइफ स्टाइलअन्तर्गत अप्रिलाका म्यानेजर आशिष श्रेष्ठले राजनलाई स्कुटर हस्तान्तरण गरेका हुन् ।

प्रतियोगिता आयोजक सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले ब्लु बुक प्रदान गरे ।

पोखरा रंगशालामा गत माघ ६ देखि १५ सम्म चलेको प्रतियोगिताको फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै एफिएफले सहभागिताको १६ वर्षपछि उपाधि चुमेको थियो ।