फाल्गुन २४, २०८२ आइतबार | १६:३८:२६
क्यान अध्यक्ष चन्द पराजित विश्वकपको उपाधीका लागि न्युजिल्याण्ड र भारत खेल्दै सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? क्यान अध्यक्ष चन्द पराजित विश्वकपको उपाधीका लागि न्युजिल्याण्ड र भारत खेल्दै सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ?

नेपाल खेलकुद महासंघको पहिलो चरणका प्रदेश अधिवेशन सम्पन्न

काठमाडौ । नेपाल खेलकुद महासंघले पहिलो चरणका प्रदेश अधिवेशनहरु सम्पन्न गरेको छ ।

फागुन सात गते प्रजातन्त्र दिवसका दिन उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनबाट शुरु भएको अभियान सुखानीका शहिदहरुको सम्झनामा झापामा फागुन २१ गते प्रदेश १ को अधिवेशन गर्दै सम्पन्न भएको हो ।

दोश्रो चरणमा महासंघले आगामी फागुन २८ गते खेल संघहरुको तथा चैत्र १० गते लुम्बिनी प्रदेशको र चैत्र १९ गते गण्डकी प्रदेशको अधिवेशन गर्नेछ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मालीको प्रमुख आतिथ्यतामा शनिबार झापाको बिर्तामोडमा सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनले कराँतेका राजकुमार थापाको अध्यक्षतामा ६६ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षमा धनकुटाका भोगेन्द्र थापा तथा सुनसरीकी टिका शिवाकोटी निर्वाचित भएका छन् । त्यस्तै मोरङका जितन थापा सचिव, खोटाङका सिताराम श्रेष्ठ तथा ताप्लेजुङका  दिलकुमार सुनुवार सहसचिव र मोरङका हेमन्त सुवेदी कोषाध्यक्ष निर्वाचित भए । अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले पद तथा गोपनियताको सपथ गराए ।

अधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आसन्न निर्वाचनमा महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपांग भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर भोट दिने वातावरण बनाउन खेलाडीहरुको महत्वपूर्ण स्वयंसेवकीय भूमिका हुनसक्ने भएकोले नेपाल खेलकुद महासंघले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

ओलीले जनताको अभिमतको रक्षा गर्नु सबैको पहिलो दायित्व भएको हुँदा खेलाडीले चाहेमा निर्वाचनमा हुनसक्ने सम्भावित धाँधलीलाई समेत रोक्न सकिने बताए । साथै चुनावमा नटेर्ने, धाँधलीको वातावरण बनाउन खोज्नेहरुलाई खेलाडीले एकपटक हुस भनेपछि सबै आफ्नो बाटो लाग्ने हुँदा सबै खेलाडीहरुलाई विवेक प्रयोग गर्न आग्रह गरे ।

अधिवेशनलाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य एवं महासंघका इन्चार्ज गोकुल बास्कोटाले खेलाडी राष्ट्रको गहना मात्र नभई राष्ट्रिय पहिचान भएको हुँदा खेलाडी तथा खेलक्षेत्रको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताए ।

बास्कोटाले आगामी स्थानीय निर्वाचनमा एमालेले आफ्नो घोषणापत्रमा प्रदेश १ का सबै पालिकामा एक रंगशाला र सबै वडामा एक खेल पूर्वाधार निर्माणको नीति लिनुपर्ने बताए । साथै कुल बजेटको कम्तिमा १ प्रतिशत बजेट खेलक्षेत्रमा विनियोजन गरी ५० प्रतिशत पूर्वाधार निर्माण र ५० प्रतिशत प्रतियोगिता तथा सहभागीतामा खर्च गर्न सुझाव दिए ।

महासंघका संयोजक बस्नेतले खेलक्षेत्र र खेलाडीका मागलाई सम्बोधन गर्न गराउनका लागि महासंघ सँधै प्रतिबद्ध रहेको बताए । बस्नेतले महासंघले ड्राफ्ट गरेको खेलकुद नीतिलाई छिट्टै सार्वजनीक गर्ने बताउँदै वर्तमान सरकारले खेलक्षेत्रमा निम्त्याएको बेथितीको खुलेर भण्डाफोर गर्ने जनाए । 

अधिवेशनमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल लगायतका नेताले सम्बोधन गरेका थिए ।

नेकोस प्रदेश–१ कमिटीः

१. अध्यक्षः राजकुमार थापा (झापा)
२. उपाध्यक्षः भोगेन्द्र थापा (धनकुटा)
३. उपाध्यक्षः टिका शिवाकोटी (सुनसरी)
४. सचिवः जितन थापा (मोरङ)
५. सहसचिवः सिताराम श्रेष्ठ (खोटाङ)
६. सहसचिवः दिल कु। सुनुवार (ताप्लेजुङ)
७. कोषाध्यक्षः हेमन्त सुवेदी (मोरङ)

सदस्यहरु

१. राजु तुलाधर  (उदयपुर)
२. मन कुमारी राई  (उदयपुर) 
३. बल बहादुर कार्की  (उदयपुर)
४. निरज घिसिङ (उदयपुर)
५. सन्दीप पोखरेल (मोरङ)
६. विकास खरेल (मोरङ)
७. युवराज रानामगर (मोरङ)
८. शंकर खड्का (मोरङ)
९. बुद्ध साम्पा (मोरङ)
१०. गोविन्द ढुंगाना (मोरङ)
११. ओम प्रकाश बास्तोला (सोलुखुम्बु)
१२. दिपक तामाङ (सोलुखुम्बु)
१३. हरी गुरुङ (खोटाङ)
१४. अन्जना राई (खोटाङ)
१५. ऋषीराम पराजुली (धनकुटा)
१६. सृजना भुजेल (धनकुटा)
१७. आशीष निरौला (भोजपुर)
१८. समीरा राई (भोजपुर)
१९. मनिषा निरौला (ओखलढुंगा)
२०. पूर्ण बहादुर श्रेष्ठ (ओखलढुंगा)
२१. अभिषेक पालुङ्गा (ताप्लेजुङ)
२२. साजन लिम्बु (ताप्लेजुङ)
२३. केशव पौडेल (ताप्लेजुङ)
२४. सन्तोष पोखरेल  (झापा)
२५. सुमन शाही  (झापा)
२६. प्रकाश बस्नेत (झापा)
२७. तेजकुमार राई  (झापा)
२८. सुमन दाहाल  (झापा)
२९. प्रदीप खरेल  (झापा)
३०. नारायण खनाल  (झापा)
३१. निङसन लामा (झापा)
३२. युगन भुषाल (संखुवासभा)
३३. जिल्ला मान राई (संखुवासभा)
३४. केदार बस्नेत (सुनसरी)
३५. श्याम चौधरी (सुनसरी)
३६. शुरेस गिरी (सुनसरी)
३७. जितेन्द्र सुवेदी (सुनसरी)
३८. अजीत राई (सुनसरी)
३९. चेतनन्द पौडेल (सुनसरी)
४०. सागर आचार्य (सुनसरी)
४१. नेत्र प्रसाद पोखरेल (इलाम)
४२. कुमार लिम्बु (इलाम)
४३. गणेश खतिवडा (इलाम)
४५. सीता राइ (महिलातर्फ)
४६. मनिषा ओगरी )महिलातर्फ)
४७. सरीता कार्की (महिलातर्फ)
४८. विमला दाहाल (महिलातर्फ)
४९. शर्मीला राई (महिलातर्फ)
५०. उदय मुन्डा (खेल संघतर्फ)
५१. दिपक चौहान (खेल संघतर्फ)
५२. राजेश कँडेल (खेल संघतर्फ)
५३. जीवन राई (खेल संघतर्फ)
५४. अभिषेक प्रधान (खेल संघतर्फ)
५५. उदय राज भुजेल (खेल संघतर्फ)
५६. युवराज विष्ट (खेल संघतर्फ)
५७. केशव पौडेल (खेल संघतर्फ)
५८. दुर्गा राज लिम्बु (खेल संघतर्फ)
५९. रविन अधिकारी (खेल संघतर्फ)
६०. मिखत धामी (खेल संघतर्फ)


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||