पहिलो टेस्ट सम्ममा टोलीमा फर्कने पायनेको विश्वास

सिड्नी, (खेलाडी)– अस्ट्रेलियाका टेस्ट कप्तान टिम पायनेले घाँटीको शल्यक्रियाका कारण केही समय मैदान बाहिर बस्नु पर्ने भएपनि आफु इङल्यान्डविरुद्धको एसेज टेस्ट शृंखला सम्ममा टोलीमा फर्किसक्ने विश्वास व्यक्त गरेका छन् ।


३६ वर्षे पायने केही समययता घाँटीको नसाको समस्यासँग जुधिरहेका छन् । उनी आगमी महिनासम्म अभ्यासमा फर्किइसक्ने अनुमान गरिएको छ ।

एसेज टेस्ट शृंखला अन्तर्गत अस्ट्रेलियाले इङल्यान्डविरुद्धको पहिलो खेल डिसेम्बर ८ देखी ब्रिसबेनमा खेल्नेछ । 


 म पहिलो टेस्ट सम्म टोलीमा फर्किइसक्छु, पायनेले भने, निरन्तर म घाँटीको नसाको समस्यासँग जुधिरहेको छु । चिकित्सकले शल्यक्रिया गर्नु पर्ने बताएका छन् । शल्यक्रिया पछि आरामका लागि मैले धैरै समय पाउछु ,त्यसैले पहिलो टेस्ट सम्ममा म पूर्ण रुपमा फिट हुदै मैदान फर्कनेमा विश्वस्त छु ।