स्पेनिस ला लिगा

गत सिजन भन्दा यस पटक टोली राम्रो बन्योः एन्सेलोट्टी

मड्रिड । रियाल मड्रिडका प्रशिक्षक कार्लाे एन्सेलोट्टीले गत वर्षको तुलनामा अहिले टिम धेरै राम्रो भएको बताएका छन् ।

सन् २०२१–२२ सिजनमा ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेको रियालले थप खेलाडी अनुबन्ध नगर्ने एन्सेलोट्टीको दाबी छ ।
यो सिजन रियालले चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगर र मोनाकोका मिडफिल्डर औरेलिनलाई अनुबन्धित गरिसकेको छ ।

लुका जोभिच फ्लोरेन्टिना गएपछि मड्रिडको अट्याकिङ लाइन कमजोर देखिएको थियो । त्यस्तै मार्को एसेन्सियोको सान्टियागो बर्नाबेउ बसाई पनि दुबिधामा परेको छ । 

लस भेगासमा शनिबार सम्पन्न प्रि-सिजन अन्तर्गत एल क्लासिकोमा रियाल  बार्सिलोनासँग १-० ले पराजित भएको थियो । बार्सिलोनाका लागि राफिन्हाले निर्णायक गोल गरेका थिए ।

बार्सिलोनाले बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीलाई अनुबन्ध गरेको छ । मड्रिडका स्ट्राइकर करिम बेन्जेमा यो खेलमा उपलब्ध थिएनन । उनी  क्लब अमेरिकासँगको खेलमा फर्किने एन्सेलोट्लीले जानकारी दिएका छन् ।

बार्सिलोनालाई हराउन रियाललाई अर्काे स्ट्राइकरको आवश्यकता छ भन्ने प्रश्नमा एन्सेलोट्टीले भने, ‘टिममा अब  नयाँ खेलाडी आउने सम्भावना छैन । गत वर्षभन्दा टिम राम्रो भएको छ । क्लबमा आएका दुई खेलाडीबाट हामीले ठूलो आशा राखेका छौ ।