गाले । पाकिस्तानविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा श्रीलंका तीन सय ७८ रनमा सीमित भएको छ ।
३१५-६ बाट दोस्रो दिनको खेल सुरु गरेको श्रीलंकाले थप ६३ रन जोड्दा बाँकी चार विकेट गुमएको थियो । श्रीलंकाका लागि पहिलो इनिङमा दिनेश चान्डिमलले सिर्वाधिक ८० रनको योगदान गर्दा निरोसान डिकवेलाले ५१ र ओपनर तथा कप्तान ओसाडा फर्नान्डोले ५० रन जोडे ।
चान्डिमलले एक सय ३७ बलमा नौ चाैका र २ छक्का प्रहार गर्दा डिकवेलाले ५४ बला ६ चौका र एक छक्का प्रहार गरे । फर्नान्डोले भने ७० बलमा ४ चाैका र ३ छक्का प्रहार गरे ।
पाकिस्तानका यासिर शाह र नासिम शाहले समान तीन, मोहम्मद नवाले दुई र नुमान अलीले एक विकेट लिए ।
यसअघि गत साता सम्पन्न पहिलो टेस्टमा चार विकेटको जितसहित पाकिस्तनले दुई टेस्टको शृंखलामा १-० को अग्रता लिएको थियाे ।