फुटसल

अन्तरविद्यालय फुटसल प्रतियोगिता बिहीबारदेखि सुरु

काठमाडौं । यु १२ जिनियस कप अन्तरविद्यालय फुटसल प्रतियोगिता बिहीबारदेखि हुँदैछ ।

जिनियस स्कुलको आयोजनामा हुने प्रतियोगितामा आयोजक स्कुलसहित ११ विद्यालयका १२ छात्र टोलीको सहभागिता रहनेछ ।

बुधबार राजधानीमा भएको पत्रकार सम्मेलनमा विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै आवश्यक हुने जिनियस स्कुलका प्रिन्सिपल प्रदीप बज्राचार्यले बताए ।

प्रतियोगिताका सम्पूर्ण खेलहरु लुभूस्थित आयोजककै फुटसलमा हुनेछ ।