कुङ्फु

उपत्यकाव्यापी कुङ्फु प्रतियोगिता शनिबारदेखि सुरु

काठमाडौं । नेपाल कुङ्फु संघ, दक्षिण एसियाली शाखाको आयोजनामा तेस्रो उपत्यकाव्यापी कुङ्फु प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सात टिमका एक सय १० खेलाडीले सहभागिता जनाउने छन् ।

दक्षिणकाली नगरपालिका र दक्षिणकाली नगरपालिका–९, टल्कुको सहयोगमा प्रतियोगिता हुन लागेको आयोजक शाखा प्रशिक्षक शंकर बलामीले जानकारी दिए ।

प्रतियोगितामा सान्डातर्फ पुरुष, महिला, थाउलो, जुनियर, सब–जुनियर र सिनियर गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछन् । १२ विधामध्ये १० विधाबाट उत्कृष्ट खेलाडी चयन हुने आयोजकले जानकारी दिएको छ ।

एकदिने प्रतियोगिता सञ्चालन गर्न कुल खर्च तीन लाख रुपैंया लागेको आयोजक शाखाका अध्यक्ष श्रीकृष्ण महर्जनले बताए ।