सहिद स्मारक ए डिभिजन लिग

च्यासलविरुद्ध सातदोबाटोलाई १-० को अग्रता

काठमाडौं । अजयी मार्टिन्सको एक गोलप्रेरित सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आफ्नो अन्तिम खेलको पहिलो हाफमा बिहीबार च्यासल युथ क्लबमाथि १–० को अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको छैठौं मिनेटमा अजयी मार्टिन्सले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । मिडफिल्डर सुदीप गुरुङले मैदानको बीच भागबाट दिएको पासमा अन्मार्क्डमा रहेका अजयीले पेनाल्टी एरिया भित्रबाट सुन्दर गोल गरे ।

जारी लिगको सर्वाधिक गोलकर्ताको दाबेदारसमेत रहेका मार्टिन्सको जारी लिगमा यो छैठौं गोल हो ।

सहिद स्मारक ए डिभिजन लिगमा पहिलो पटक आइपुगेको सातदोबाटोको १२औं चरण सकिँदा १८ अंक जोडेर पाँचौं स्थानमा छ । लगातार तेस्रो पटक लिग खेलिरहेको च्यासल दुई खेल अगावै दोस्रो डिभिजनमा घटुवा भइसकेको छ । १२ चरण सकिँदा च्यासलले ६ अंक मात्रै जोडेको छ ।