लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिता

अनुसाकाे उत्कृष्ट प्रदर्शनप्रेरित पुलिसलाई लामा टेन्डी शेर्पा स्मृति बास्केटबलको उपाधी

काठमाडौं । अनुसा मल्लको उत्कृष्ट प्रदर्शनप्रेरित नेपाल पुलिस क्लबले बिहिवार लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिताको उपाधी जितेको छ ।

पुलिसको जितमा अनुसाले सर्वाधिक १९ स्कोरको योगदान गरिन् । राउन्ड रोविन पद्दतीमा भएको प्रतियाेगितामा अपराजित रहदै दुवै टोली पुलिस र रोयल बास्केटबल एकेडेमी फाइनलमा पुगेको थियो ।

पहिलो क्वाटरमा ८-८ स्कोरको बराबरी खेलेको पुलिसले दोस्रो क्वाटरमा १५-२० स्कोरले रोयलभन्दा पछि रह्यो । तेस्रो क्वाटरमा १४-११ स्कोर गरेको पुलिसले चौथो क्वाटरमा १०-१५ को स्कोर बनायो ।

दुवै टोलीले चार क्वाटरमा समान दुई क्वाटर आफ्नो पक्षमा पारे पनि अन्तिममा सबै क्वाटरको स्कोर जोड्दा पुलिस र रोयलको ५२-४९ स्कोर भयो ।

फागुन दुई गतेदेखी त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषतर्फ १३ टोलीको सहभागिता थियो ।

बिहिबारै हुने पुरुषतर्फको फाइनलमा टाइम्स बास्केटबल एकेडेमी र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदैछ ।