सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा फ्रेन्ड्स र हिमालयन शेर्पा बराबर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत अन्तिम चरणको खेलमा हिमालन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुबै टोलीले गोलका केही अवसरहरु बनाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

लिगमा १२ खेलबाट १३ अंक जोडेको हिमालयन शेर्पा तालिकाको १०औं स्थानमा छ । यस्तै, समान खेलबाट १० अंक जोडेको फ्रेन्ड्स १२औं स्थानमा छ ।

लिगको १२औं चरण समाप्त हुँदासम्म लिग विजेता र रेलिगेशनमा पर्ने दुई टोलीको टुङ्गो लागिसकेको छ ।

साविक विजेता मछिन्द्रले ११औं चरणमा सातदाबाटोलाई १–० ले पराजित गर्दै उपाधि रक्षा गरेको थियो

यस्तै, च्यासल युथ क्लब र ब्रिगेड व्बाइज क्लब (बिबिसी) दोस्रो डिभिजनमा घटुवा भइसकेका छन् ।