म्यासन ग्रिनउड

ग्रिनउडले आक्रमण गरेको प्रेमिकाको आरोप, निल डाम देखिएको तस्बिर भाइरल

लन्डन । म्यासन ग्रिनउडकी प्रेमिका ह्यारिट रोब्सनले म्यानचेस्टर युनाइटेडका युवा फरवार्डले आफूमाथि आक्रामण गरेको आरोप लगाएकी छन् ।

सामाजिक सञ्जाल इस्टाग्रामको स्टोरीमा उनले आफू आघात भएका तस्वीर सार्वजनिक गर्दै उनले आफूमाथि आक्रमण भएको बताएकी छन् । उनले सार्वजनिक गरेकामध्ये एक तस्बिरमा उनको ओठबाट रगत बगिरहेका देखिन्छ ।

उनले सार्वजनिक गरेको भिडिओको क्यापसनमा उनले ‘म्यासन ग्रिनउडले ममाथि के गरेको हो भन्ने जान्न चाहनेहरूका लागि..’ भनेर लेखेकी छन् ।

शरिरका विभिन्न भागमा देखिएका निल डामसहितको तस्बिर रोब्सनले सार्वजनिक गरेसँगै युनाइटेडले क्लबको ध्यानाकर्षण भएको वक्तव्य निकालेको छ ।

‘सामाजिक सञ्जालमा सेयर भइरहेका तस्बिरहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी पूर्ण सत्य बाहिर नआइन्जेलसम्म थप कमेन्ट गर्न चाहन्नौैं । म्यानचेस्टर युनाइटेडले कुनै पनि किसिमा हिंसाको समर्थन गर्दैन ।’