रोहित चन्द

रोहितको पर्सिजा पराजित

जकार्ता । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता इन्डोनेसियाको लिगा–१ मा आइतबार पराजित भएको छ । आइतबार वायना दिप्ता रंगशालामा भउको खेलमा जकार्ता पर्सिरजा बन्दा एस्चसँग १–० को नतिजामा पराजित भएको हो ।

पर्सिरजालाई जित दिलाउन भिभी अस्रिजलले ६७औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । पर्सिजाका लागि पूरा ९० मिनेट खेलेका रोहितले खेलको इन्जुरी समयमा पहेँलो कार्डको सामना गर्नु परेको थियो ।

हारसँगै २२ खेलमा ८ जित ८ बराबरी र ६ पराजय भोगेको पर्सिजा ३२ अंकसहित छैठौं स्थानमा छ । समान खेलमा दुई जित ५ बराबरी र १५ हार बेहोरेको पर्सिरजा ११ अंकसति तालिकाको पुछारमा छ ।