ब्राजिल लगातार दोस्रो उपाधि जित्‍ने अभियानमा 

रियो दी जेनेरियो, (खेलाडी)- साविक विजेता ब्राजिलले लगातार उपाधि जित्‍नेआशा कायम राख्‍ने क्रममा शनिबार विहान १० खेलाडीमा सिमित हुनाका बावजुद चिलीमाथि १-० को जित हासिल गर्दै कोपा अमेरिकाको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । 

ब्राजिललाई जित दिलाउन वैकल्पिक खेलाडी लुकास पाक्‍वेटाले ४६औं मिनेटमा गरेको एउटै गोल पर्याप्त भयो । पाक्‍वेटाले गोल गरेको दुई मिनेटपछि ग्याब्रिअल जिससले सोझै रातो कार्ड सामना गरेपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो । 

ब्राजिलले मंगलबार विहान रियो दी जेनेरियोमा हुने सेमिफाइनलमा पेरुसँग प्रतिस्पर्धा गर्नेछ । पेरुले शनिबार विहानै चाढोगरी सम्पन्‍न क्‍वार्टरफाइनलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलको टिकट काटेको थियो ।