आर्सनल

एन्स्लेलाई भित्र्याउन रोमाको चासो

काठमाडौं । इटालियन क्लब रोमा आर्सनलका एन्स्ले मेटल्यान्ड–नाइल्सलाई सिरी ‘ए’मा आफ्ने करियर पुनर्जिवित गर्ने मौका दिन प्रयासरत छ । गत ट्रान्सफर विन्डोमा एभर्टन जाने एन्स्लेको चर्चा अन्तिम समयमा आएर खारेज भएको थियो ।

एन्स्लेले सामाजिक सञ्जालमा आफूलाई क्लब छाड्न अनुमति दिनका लागि गनरलाई आह्वानसमेत गरेका थिए । एन्स्लेले म आफूले चाएको ठाउँमा जान र खेल्न चाहेको बताएका थिए ।

यद्यपि, अन्तिम समयमा आएर उनको सरुवा स्थगित भएको थियो । त्यसपछि एन्स्ले आर्सनलका ८ खेलमा मैदानमा उत्रिएका छन् । तीमध्ये उनल दुई खेलमा मात्रै सुरुआती ११ मा मौका पाएका थिए ।

जनवरी ट्रान्सफर विन्डो नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले एन्स्लेलाई जोसे माउरिन्होले रोमामा भित्र्याउन चाहेको दाबी गरेका छन् । रोमाले आर्सनलसँग सम्भावित अनुबन्धका लागि छलफलसमेत सुरु गरिसकेको छ । यस्तै, एभर्टन पनि एन्स्लेलाई क्लबमा अनुबन्ध गराउने लक्ष्यमा छ ।

२४ वर्षे युवा खेलाडी एन्स्लेले आर्सनलमा सीमित समय मात्रै पाइरहेका बेला विभिन्न क्लबहरूले उनीमाथि देखाएको चासो पनि तथ्यपरक देखिन्छ ।