प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

रवाफिलो जितसहित प्रदेश एक फाइनलमा

धनगढी । प्रदेश एक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार फाप्ला क्रिकेट मैदानमा सम्पन्न पहिलो समिफाइनलमा प्रदेश एकले सुदुपरश्चिमलाई नौ विकेटले हरायो ।

सुदुरपश्चिमले प्रस्तुत गरेको ८६ रनको लक्ष्य प्रदेश एकले १६.५ ओभरमा मात्र एक विकेट क्षतीमा पूरा गर्यो ।

प्रदेश एकका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३१ तथा ओपनर काजल श्रेष्ठले २८ रन जोडे । पहिलो विकेटका लागि रुबिना र काजलले ५३ रनको साझेदारी गरेका थिए ।

सुदुपश्चिमकी कबिता जोशीले एक विकेट लिइन । 

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८५ रनको योगफल खडा गरेको थियो ।

सुदुरपच्मिका लागि सम्झना खड्काले  २७ र कप्तान रितु कनौजियाले २५ रन जोडिन् । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । 

प्रदेश एकका लागि रुबिना,ज्योती दनवार, संगिता राई र अलिसा खडियाले समान एक विकेट लिए ।

शनिबार नै हुने दोस्रो समेमिफाइनलमा एपिएफले लुम्बिनी प्रदेशको सामना गर्नेछ ।