नेपाली फुटबल

विश्वकप छनोट खेलेर स्वदेश फर्कियो फुटबल टोली

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा बहराइनसँग प्रतिस्र्धा गरेको नेपाली टोली स्वदेश फर्किएको छ।

नेपाली टोली ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमै खेलेर बिहीबार स्वदेश फर्किएको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ ( एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए । 

नेपाल  बहराइनको राष्ट्रिय रंगशालामा भएकाे पहिलो खेलमा ५-० तथा दोस्रो खेलमा ३-० ले पराजित भएको थियो । नेपाल  विश्वकप छनोटबाट बाहिरिसकेको छ।

चारै खेलमा पराजित नेपाल अंकविहीन रहँदै समूह ‘एच’ को पुछारमा छ। यसअघि नेपाल युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको थियो। 

यस समूहमा युएई १२ अंकसहित शीर्ष स्थानमा छ। नौ अंक जोडेको बहराइन दोस्रो र तीन अंकका साथ यमन तेस्रोमा छन्।