ट्वान्टी २० शृंखला

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको पहिलो ट्वान्टी २० रद्द

त्रिवि क्रिकेट मैदान

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच बिहीबार हुने तय ट्वान्टी २० शृंखलाको पहिलो खेल वर्षाका कारण रद्द भएको छ ।  

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुने तालिका थियो ।  तर बिहानैदेखि लगातार वर्षा भइरहेकाले खेल सम्भवन नभएको हो ।

नेपाल ‘ए’ र आयरल्यान्डबीच तीनको शृंखला हुने तय थियो । शृंखलाको दोस्रो खेल शुक्रबार हुने तालिका छ ।

यसअघि नेपाल सिनियर टोली र आयरल्यान्ड ‘ए’ बीच दुई खेलको शृंखला भएको थियो । नेपालले शृंखला ‘क्लिन स्विप’ गरेको थियो ।

टेस्ट राष्ट्र आयरल्यान्ड  आठ खेल खेलका लागि नेपाल भ्रमणमा आएको हो ।