युइएफए महिला च्याम्पियन्स लिग

चेल्सी सेमिफाइनलमा

काठमाडौं । डच क्लब आयाक्सलाई  हराउँदै इङ्लिस क्लब चेल्सी युइएफए महिला च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ ।

दोस्रो लेगमा बुधबार १-१ को बराबरीमा रोकिए पनि चेल्सीले समग्रमा ४-१ को जित निकाल्यो । पहिलो लेगमा चेल्सी ३-० ले विजयी भएको थियो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीका लागि मायरा रामिरेजले गोल गर्दा आयाक्सका लागि चेसिटी ग्रान्टले गोल फर्काइन् ।

खेलको ३३औं मिनेटमा रामिरेजको गोलमार्फत चेल्सीले अग्रता लिए । उनेले गुरो रिएटनको पासलाई पोस्टको दिशा दिइन् ।  टाइनी होक्सत्राको पासलाई सदुपयो गर्दै ६५औं मिनेटमा ग्रान्टले आयाक्सलाई बराबरीमा ल्याइन् ।

यसैगरी अर्को खेलमा पोर्चुगिज क्लबमाथि समग्रमा ६-२ को सहज जित निकाल्दै फ्रेन्च क्लब लियोनले पनि सेमिफाइनल यात्रा तय गर्यो ।

लियानेले पहिलो लेगमा २-१ तथा दोस्रो लेगमा ४-१ को जित निकाल्यो ।