नेपाल ‘ए’ - आयरल्यान्ड ‘ए’

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ भिड्दै

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच आज (बिहीबार) बाट तीन खेलको ट्वान्टी २० शृंखला सुरु हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउसो एक बजे सुरु हुनेछ तालिका छ ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् । नेपालको कप्तानी अनुभवी ब्याटर विनोद भण्डारीले गर्नेछन् । टोलीमा राष्ट्रिय टोली बाहिर रहेका र युवा खेलाडीको समावेश छन् ।  

यसअघि नेपाल सिनियर टोली र आयरल्यान्ड ‘ए’ बीच दुई खेलको शृंखला भएको थियो । नेपालले शृंखला ‘क्लिन स्विप’ गरेको हो ।

टेष्ट राष्ट्र आयरल्यान्ड नेपालमा आठ खेल खेल्न भ्रमणमा आएको हो ।

नेपालको सिनियर टोली भने आज भारत तयारीको लागि प्रस्थान गर्दैछ ।