कपिलवस्तु तिलौराकोट गोल्डकप

कपिलवस्तु तिलौराकोट गोल्डकप चैत १७ गतेदेखि हुने

सांकेतिक तस्बिर

कपिलवस्तु । प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप चैत १७ देखि २४ गतेसम्म हुने भएको छ ।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनमा हुने प्रतियोगितामा ‘ए’ डिभिजनका थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लबसहित हनामी बिएफसी, सुदूरपश्चिम ११, सहारा क्लब र आयोजक कपिलवस्तु-११ सहभागिता जनाउने छन् ।

कपिलवस्तुस्थित बुद्ध रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा थ्री स्टार क्लब र आयोजक कपिलवस्तु ११ भिड्ने छन् ।

प्रतियोगिताको विजेतालाई ११ लाख ११ हजार १११ उपविजेतालाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता आयोजनका लागि  करिब १ करोड १८ लाख खर्च हुने अनुमान गरिएको छ ।