चैत्र ६, २०८२ शुक्रबार | ०७:०७:२५
रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन

राष्ट्रिय बक्सिङ प्रतियोगिताः भुपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौं । नेपाल प्रहरीका भुपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका खगेन्द्र रोका मगर छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष ६३.५ केजीको भिडन्तमा साग स्वर्णधारी भुपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द, निश्चलले एपिएफका सोनाम सार्की र खगेन्द्र रोका मगरले मधेश प्रदेशका मृनाल जोशीलाई पराजित गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ५१ केजीमा भुपेन्द्रका सहोदर भाइ चन्द्रबहादुर थापाले कोशी प्रदेशका फुङलाङ काम्बाङ, बागमती प्रदेशका लालप्रसाद उप्रेतीले लुम्बिनीका भरत पुन, आर्मीका विमल घर्ती मगरले कर्णाली प्रदेशका लक्ष्मण राई र मधेश प्रदेशका रविन थापाले  एपिएफका प्रदीप महर्जनलाई हराउदै सेमिफाइनलमा स्थान बनाए ।

पुरुष ५७ केजीमा प्रहरीका निकेश देशारले एपीएफका पुरन राईबाट वाकओभर पाउदै सेमिफाइनल यात्रा तय गरे । सोही स्पर्धामा कर्णाली प्रदेशका सुलभ मालीले कोशीका डम्बरबहादुर श्रेष्ठ, सुदूरपश्चिमका विशाल जाग्रीले बागमतीका निराजन मोक्तान र आर्मीका प्रेम चौधरीले लुम्बिनी प्रदेशका मन्सुब बस्नेतलाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

पुरुष ७१ केजीमा एपीएफका विक्रम चौधरीले मधेशका सुजित पराजुली तथा बागमतीका अश्विन धिरन श्रेष्ठले लुम्बिनीका मनोज श्रेष्ठलाई निरास बनाउँदै सेमिफाइनलमा पुगे । पुरुष ८० केजीमा सुदूरपश्चिमका बालाजी रावलले प्रहरीका प्रदीप पार्की तथा आर्मीका दिपेश लामाले एपीएफका सुमन कार्कीको चुनौती समाप्त पार्दै सेमिफाइनलमा प्रवेश गरे ।

गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्टस कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला ५० केजीमा बागमतीकी रमिशा श्रेष्ठले सुदूरपश्चिमकी सोनिया सेठ्ठी तथा आर्मीकी आरती ब्लोनले कोशीकी शिला राईलाई निराश पार्दै सेमिफाइनलमा पुगे ।

महिला ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले एपीएफकी सर्मिला तामाङ तथा प्रहरीकी निशा तामाङले मधेशकी अन्शु केसीलाई हराउँदैदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । 
महिला ६० केजीमा आर्मीकी ललिता महर्जनले मधेशकी निश्मा गुरुङ तथा कोशीकी जोनु लिम्बूले सुदूरपश्चिमकी कविता सिंहलाई हराउदै सेमिफाइनलमा स्थान बनाउन सफल रहे ।

प्रतियोगिताअन्तर्गत बिहीबार पुरुषमा नौ र महिलामा १२ गरी २१ खेल हुने आयोजकले जनाएको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो