माघ १७, २०८२ शनिबार | १५:२०:४६
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

राष्ट्रिय बक्सिङ प्रतियोगिताः भुपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौं । नेपाल प्रहरीका भुपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका खगेन्द्र रोका मगर छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष ६३.५ केजीको भिडन्तमा साग स्वर्णधारी भुपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द, निश्चलले एपिएफका सोनाम सार्की र खगेन्द्र रोका मगरले मधेश प्रदेशका मृनाल जोशीलाई पराजित गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ५१ केजीमा भुपेन्द्रका सहोदर भाइ चन्द्रबहादुर थापाले कोशी प्रदेशका फुङलाङ काम्बाङ, बागमती प्रदेशका लालप्रसाद उप्रेतीले लुम्बिनीका भरत पुन, आर्मीका विमल घर्ती मगरले कर्णाली प्रदेशका लक्ष्मण राई र मधेश प्रदेशका रविन थापाले  एपिएफका प्रदीप महर्जनलाई हराउदै सेमिफाइनलमा स्थान बनाए ।

पुरुष ५७ केजीमा प्रहरीका निकेश देशारले एपीएफका पुरन राईबाट वाकओभर पाउदै सेमिफाइनल यात्रा तय गरे । सोही स्पर्धामा कर्णाली प्रदेशका सुलभ मालीले कोशीका डम्बरबहादुर श्रेष्ठ, सुदूरपश्चिमका विशाल जाग्रीले बागमतीका निराजन मोक्तान र आर्मीका प्रेम चौधरीले लुम्बिनी प्रदेशका मन्सुब बस्नेतलाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

पुरुष ७१ केजीमा एपीएफका विक्रम चौधरीले मधेशका सुजित पराजुली तथा बागमतीका अश्विन धिरन श्रेष्ठले लुम्बिनीका मनोज श्रेष्ठलाई निरास बनाउँदै सेमिफाइनलमा पुगे । पुरुष ८० केजीमा सुदूरपश्चिमका बालाजी रावलले प्रहरीका प्रदीप पार्की तथा आर्मीका दिपेश लामाले एपीएफका सुमन कार्कीको चुनौती समाप्त पार्दै सेमिफाइनलमा प्रवेश गरे ।

गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्टस कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला ५० केजीमा बागमतीकी रमिशा श्रेष्ठले सुदूरपश्चिमकी सोनिया सेठ्ठी तथा आर्मीकी आरती ब्लोनले कोशीकी शिला राईलाई निराश पार्दै सेमिफाइनलमा पुगे ।

महिला ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले एपीएफकी सर्मिला तामाङ तथा प्रहरीकी निशा तामाङले मधेशकी अन्शु केसीलाई हराउँदैदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । 
महिला ६० केजीमा आर्मीकी ललिता महर्जनले मधेशकी निश्मा गुरुङ तथा कोशीकी जोनु लिम्बूले सुदूरपश्चिमकी कविता सिंहलाई हराउदै सेमिफाइनलमा स्थान बनाउन सफल रहे ।

प्रतियोगिताअन्तर्गत बिहीबार पुरुषमा नौ र महिलामा १२ गरी २१ खेल हुने आयोजकले जनाएको छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।