साकिब अल हसन

एक वर्षपछि टेस्ट क्रिकेटमा फर्किँदै साकिब

काठमाडौं। बंगलादेशका पूर्व कप्तान साकिब अल हसन करिब एक वर्षपछि टेस्ट क्रिकेटमा फर्किने भएका छन्।  उनले चटगाउँमा मार्च ३०देखि सुरु हुने श्रीलंकाविरुद्धकाे दोस्रो तथा अन्तिम टेस्टका लागि टोलीमा स्थान बनाएका हुन्।

साकिबले पछिल्लो पटक सन् २०२३ को अप्रिलमा आयरल्यान्डविरुद्ध टेस्ट खेलेका थिए। त्यसपछि आँखाको समस्याका कारण उनी टेस्ट क्रिकेटबाट टाढा थिए।

साकिबले सिमित ओभरको क्रिकेट भने नियमित रूपमा खेलिरहेका छन् । साकिबलाई तौहिद हृदयको स्थानमा टोलीमा बोलाइएको हो ।

यसैगरी मुस्फिक हसनको स्थानमा हसन महमुद पनि टोलीमा परेका छन्।

बंगलादेश दुई खेलको टेस्ट शृंखलमा १-० ले पछि परेको छ । पहिलो टेस्टमा बंगलादेशले ३२८ रनको फारकिलो हार ब्यहोरेको थियो ।