मेयर भेट्रान्स कप

खुमलटारको सहज जित

काठमाडौं । एफइ खुमलटार भेट्रान्स क्लबले आइतबार मेयर कप भेट्रान्स फुटबल प्रतियोगितमा विजयी सुरुवात गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा खुमलटार भेट्रान्सले ललितपुर वार्ड नम्बर १४ लाई ४-१ ले पराजित गर्यो । 

२१औं मिनेटमा जुमानु राईले गोलमा खुमलटारले अग्रता लियो ।३८औं मिनेटमा जुमानुले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारको अग्रता दोब्बर पारेका थिए ।

५६औं मिनेटमा राजकुमार घिसिङले खुमलटारका लागि तेस्रो गोल गरे । खुमलटारबाट चौथो गोल ५८औं मिनेटमा नितेश खड्काले गरे । 

प्रतियोगिताको विजेताले पाँच लाख रुपैया र उपविजेताले दुई लाख ५० हजार रुपैया हात पार्नेछन् ।