इङ्लिस प्रिमियर लिग

युनाइटेडलाई स्वभाविक लयमा फर्कन केही समय लाग्छः रोनाल्डो

लन्डन ।  पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले  म्यानचेस्टर युनाइटेड अहिले खराब लयबाट गुज्रिरहेकाले टोलीलाई स्वभाविक लयमा फर्कन केही समय लाग्ने बताएका छन् ।  

इङ्लिस प्रिमियर लिगमा युनाइटेडले आइतबार लिभरपुलविरुद्ध खेल्दैछ । रोनाल्डोले लिभरपुलविरुद्धको खेल टोलीलाई लयमा फर्कने अवसर भएको समेत बताए ।
 

‘हामी अहिले खराब लयमा छौ तर यो लामो समय रहन्न । आज लिभरपुलविरुद्ध हामीले सुखद नतिजाका साथ स्वभाविक लयमा फर्किएको सन्देश दिनुपर्छ,रोनाल्डोले भने।

प्रिमियर लिगमा लिभरपुल तेस्रो स्थानमा छ भने  युनाइटेड छैटौं स्थानमा छ । 

युनाइटेडले यसै सिजन युभेन्ट्सबाट रोनाल्डो, रियाल मड्रिडका डिफेन्डर राफेल भरान र बोरुसिया डर्टमन्डका जाडोन सान्चोलाई अनुबन्ध गरेको थियो ।

‘क्लबले म लगायत भरान र सान्चोलाई अनुबन्ध गरेको छ । हामीले प्रत्येक खेलमा सम्हालिएको प्रदर्शन गर्ने हो भने सबैकुरा सम्भव छ,’ उनले भने ‘सबैले आफ्नो भूमिका थाहा पाउनुपर्छ ।  मेरो टाेलीमा जिम्मेवारी गोल गर्नुका साथै आफ्नो अनुभवले टिमलाई सहयोग पु¥याउनु हो । सबैले टाेलीमा त्याग गर्ने सोच बनाएमा हामी उत्कृष्ट नतिजा ल्याउँनेछौ ।’