सहिद स्मारक ए डिभिजन लिग

जित लयमा फर्कने जावलाखेलको लक्ष्य

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज संकटा क्लबको सामना गर्दा जावलाखेल युथ क्लब शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडसँगको अंकदुरी घटाउने लक्ष्यमा हुनेछ । 

दोस्रो स्थानको जावलाखेलको १९ खेलमा ३२ अंक छ । जुन शीर्ष स्थानको चर्च ब्वाइजको भन्दा ४ अंक कम हो । संकटामाथिको जितले जावलाखेलले सो दुरी १ अंकमा झार्नेछ । 

पछिल्लो दुई खेलमा लगातार बराबरीमा रोकिएसँगै जावलाखेलले शीर्ष स्थानको चर्च ब्वाइजमाथि दबाब बढाउने अवसर गुमाएको थियो । ११औं स्थानको संकटाको भने १९ खेलमा २२ अंक छ । यी दुई टोलीबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 

दशरथ रंगशालामा हुने पहिलो खेलमा मनाङ मस्र्याङदी क्लब र एपिएफ आमने सामने हुनेछन ।

मनाङ २३ अंकसहित आठौं स्थानमा छ भने १०औं स्थानको एपिएफको २२ अंक छ । 

आजै च्यासल फुटबल मैदानमा हुने खेलमा मच्छिन्द्र फुटबल क्लबले न्युरोड टिम (एआरटी) को सामना गर्नेछ । 

मच्छिन्द्र १९ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा छ भने नवौं स्थानको एनआरटीको २३ अंक छ ।