काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

भारतीय टोली नेपाल आइपुग्यो

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा सहभागिता जनाउन भारतीय टोली टोली नेपाल आइपुगेको छ ।

भारतीय टोली आइतबार बिहान नेपाल आइपुगेको हो । टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसँगै संघका सदस्यहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

प्रतियोगिताका लागि नेपाल आइपुग्ने भारत छैटौं  टोली हो । यसअघि काजाकिस्तान, बंगालदेश, कीर्तिस्तान , उज्वेकिस्तान र श्रीलंका शनिबार नेपाल आइपुगेका थिए । अब माल्दिभ्स मात्र आउन बाँकी छ ।

काभा महिला भलिबल च्यालेन्ज कप ८ देखि १४ जेठसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुँदैछ । प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपालसँगै भारत, बंगलादेश र किर्गिस्तान तथा समूह ‘बी’ मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजाकिस्तान छन् ।

भारतले जेठ ८ मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।