जर्मन बुन्डेसलिगा

सानेलाई मुक्का हानेका माने निलम्बनमा

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले आफ्ना सहकर्मी लोरी सानेलाई मुक्का हानेको समाचार बाहिरिएपछि फरवार्ड सादियो मानेलाई निलम्बन गरेको छ ।

बायर्नले मानेलाई निलम्बन गर्दै शनिबार होफेनहाइमविरुद्धको खेलमा टोली बाहिर राखेको छ ।

 च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको खेलपछि मानेले सानेको अनुहारमा प्रहार गरेको जर्मन अखबारमा समाचार छापिएको थियो ।

च्याम्पियन्स लिग अन्तर्गत  क्वाटरफाइनलको पहिलो लेगमा मंगलबार राति बायर्नलाई सिटीले ३-० ले हराएको थियो ।  

बायर्नले सेनेगलका मानेलाई सहकर्मीमाथि दुर्व्यवहार गरेका कारण टोली बाहिर राखिएको र उसलाई जरिवाना पनि लगाइने बताएको छ ।  

माने र सानेले भने झगडाबरे कुनै पनि प्रतिक्रिया दिएको छैनन् ।