दिलिप स्मृति तेक्वान्दो प्रतियोगिता

दिलिप स्मृति प्रतिष्ठान च्याम्पियन

काठमाडौं । आयोजक दिलिप स्मृति प्रतिष्ठानले दोश्रो बागमती प्रदेश स्तरीय तथा छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगिताको च्याम्पियन बनेको छ ।

प्रतिष्ठानले बिहिबार सम्पन्न प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ४ कास्याका सथ  टिम च्याम्पियन बन्दै १५ हजार रुपैयाँ प्राप्त गरेको छ । ६ स्वर्ण, ४ रजत र २ कास्यसहित लैनचौर दोश्रो भयो । तेश्रो स्थानको ढल्कुले ५ स्वर्ण, २ रजत र ३ कास्य जित्यो। लैनचौरले १० हजार तथा ढल्कुले ५ हजार रुपैयाँ पुरस्कार पाए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको प्रतियोगिताको सिनियर पुरुषमा चुनदेवीका सुशिल थापा मगर तथा महिलामा ढल्कुकी पासाङ तामाङ उत्कृष्ट खेलाडी घोषित भए । जुनियर पुरुषमा युन्सुबका सुजन ग्लान तथा महिलामा आयोजककी कृपा गौतम उत्कृष्ट खेलाडी चुनिए ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङ, राखेप कर्मचारी संघका महासचिव कुमार बस्नेत, आयोजक प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीलगायतले  पुरस्कृत गरे ।

दुई दिने प्रतियोगितामा एक सय ८० खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।