अन्तिम १६

फ्रान्स क्वार्टरफाइनलमा

दोहा । स्ट्राइकर ओलिभर जिरौउडले सर्वकालिन गोलकर्ताको कीर्तिमान बनाएको दिन आइतबार साबिकको विजेता फ्रान्स पाल्यान्डलाई ३-१ ले हराउँदै कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

४४औं मिनेटमा जिरौउडको गोलमा फ्रान्सले अग्रता लिएको थियो । उनलेले किलियन एमबाप्पेको पासमा गोल गरेका थिए । जारी विश्वकपमा उनको यो तेस्रो गोल हो ।

समूह चरणको पहिलो खेलमा उनले अस्ट्रेलियाविरुद्ध ४१ को जित निकालेको खेलमा दुई गोल गरेका थिए ।

फ्रान्सका लागि जिरौउडको यो ५२औं अन्तर्राष्ट्रिय गोल हो । यससँगै उनी फ्रान्सबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । थिएरी अनरीको नाममा ५१ गोलको कीर्तिमान थियो ।

७५औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए ।  एमबाप्पेले इन्जुरी समयको पहिलो मिनेटमा फ्रान्सका लागि तेस्रो गोल गरेका थिए ।जारी प्रतियोगितामा उनको यो पाँचौं  गोल हो । 

पोल्यान्डका रोबर्ट लेवान्डोवस्कीले इन्जुरी समयमा पेनाल्टीमा  लागि सान्त्वना गोल गरेका थिए ।

फ्रान्सले क्वार्टरफाइनलमा इङ्ल्यान्ड र सेनेगलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।