पाकिस्तान क्रिकेट बोर्ड

अफगानिस्तानविरुद्ध शृंखला खेल्छौः पिसिबी

लाहोर । पाकिस्तानले अफगानिस्तानविरुद्धको शृंखलाबाट नाम फिर्ता नलिने जनाएको छ ।

क्रिकेट अस्ट्रेलिया (सिए) ले यसै महिना अफगानिस्तानविरुद्ध तय एक दिवसीय शृंखला नखेल्ने घोषणा गरेको थियो । अस्ट्रेलियाले तालिवान शासकले महिलालाई रिक्षा र रोजगारको अवसरबाट वञ्चित गर्न कडा कानुन ल्याएको भन्दै अफगानिस्तानविरुद्धको शृंखला नखेल्ने घोषणा गरेको थियो । 

अफगानिस्तान र अस्ट्रेलियाविरुद्धको शृंखला मार्चमा हुने तय थियो । सिएले अस्ट्रेलिया सरकारको निर्देशनमा शृंखलाबाट नाम फिर्ता लिएको जनाएको थियो ।

अफगानिस्तान त्रिकेट बोर्ड (एसिबी) ले भने अस्ट्र्रेलियाको सो निर्णय दुर्भाग्य भएको र खेलकुदलाई राजनितीसँग तुलना गर्न नहुने प्रतिक्रिया दिएको थियो ।

पाकिस्तान क्रिकेट बोर्डपाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजमा सेठ्ठीले सोमबार अफगानिस्तानविरुद्ध ट्वान्टी२० शृंखला खेल्ने जनाएका हुन । 

‘अस्ट्रेलियाले के कारण नाम फिर्ता लियो, त्यो हाम्रो सरोकारको विषय होइन,’ सेठ्ठीले भने,' त्यो उनीहरुको आन्तरिक कुरा हो । राजनिती र खेलकुद अलग विषय हो र यी दुवैलाई एकै नजरले हेर्न हुँदैन । हामी अफगानिस्तानविरुद्धको ट्वान्टी२० शृंखला खेल्छौ । हामी सरकारको स्विकृतीको प्रतिक्षामा छौ ।'