इङ्लिस प्रिमियर लिग

किवेर आर्सनलमा अनुबन्ध

लन्डन । इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब आर्सनलले सोमबार इटालियन सिरी ए को क्लब स्पेजियाका रक्षक जाकुब किवेरलाई अनुबन्ध गरेको छ । 

आर्सनलले मिखाइलो मुड्रिकलाई भित्राउने प्रयास असफल भए पनि किवेर र लियोनाद्रो ट्रोसार्डका अनुबन्धमा भने सफल भएको हो ।

पोल्यान्डका किवेरले आर्सनलसँग लामो सम्झौता गरेका हुन । उनको अनुबन्धमा आर्सनलले २२ मिलियन युरो खर्चिएको छ । 

‘जाकुबल हामीसँग आबद्ध भएका छन र यो खुशीको खबर हो,’आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले भने, ‘उनी युवा खेलाडी हुन र निकै प्रतिभावान छन । उनले स्पेजियामा आफूलाई प्रमाणित गरिसकेका छन । उनको उपस्थितीमा हाम्रो टोलीको रक्षाापत्ति थप बलियो हुने विश्वास छ ।’

आर्सनल १९ खेलमा ५० अंकसहित प्रिमियर लिगको शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानमा बसेको साबिकको विजेता म्यानचेस्टर सिटीभन्दा पाँच अंक बढी हो ।