प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता

एपिएफलाई हराउँदै सुदूरपश्चिम समूह विजेता

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।

सुदूरपश्चिमले इटहरीको जनता क्रिकेट पार्कमा मंगलबार सम्पन्न दोस्रो खेलमा साबिकको विजेता नेपाल एपिएफ क्लबलाई चार विकेटले हराउँदै लगतार तेस्रो जित निकालेको हो ।

यस जितसँगै समूह ‘ए’ को सुदूरपश्चिमले तीन खेलमा ६ अंक जोडेर शीर्ष स्थान पक्का गर्दा पहिलो पराजय ब्यहोरेको एपिफले पनि समन खेलबाट चार अंकका साथ उपविजेताका रुपमा सेमिफाइन्लमा स्थान बनाएको छ ।

यसअघि सुदूपश्चिमले बागमतीलाई ३३ रन तथा गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गर्दा एपिएफले गण्डकीलाई सात विकेट तथा बागमतीलाई ५३ रनले पराजित गरेको थियो ।

एपिएफले प्रस्तुत गरेको ९२ रनको लक्ष्य सुदूरपश्चिमले १९.२ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । सुदूरपश्चिमका लागि डोली भट्टले सर्वाधिक ३३ र ऋतु कनोजियाले १० रन जोडे ।

एपिएफका लागि  नेरी थापाले तीन तथा सुमन विष्ट, इन्द् वर्मा र  कप्तान सीता रानमा मगरले समान एक विकेट लिए ।


यसअघि टस जितेर ब्याटिङ राजेको एपिएफले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९१ रनको योगफलत तयार पारेको थियो । एपिएफका लागि ममता चौधरीले अविजित २६, रोमा थापाले १५, ज्योति पाण्डेले १४ र इन्दु बर्माले ११ रन जोडे ।

सुदूरपश्चिमका लागि कविता जोशीले तीन, ऋतु कनोजियाले दुई तथा कविता कुँवर र मनिषा चौधरीले समान एक विकेट लिए ।