अन्य

इरावान मुवाँथाईलाई केटीएम सिटीको प्रायोजन

काठमाडौं । केटीएम सिटीले इरावान मुवाँथाई फाइट जिमसँग प्रायोजन सम्झौता गरेको छ । शेर्पा आउटडोरको केटीएम सिटीले अपिरियल पार्टनरको रुपमा इरावान मुँवाथाई फाइट जिमसँग सहकार्य गरेको हो ।

सम्भावना बोकेका नयाँ खेल र खेलाडीलाई सहयोग र प्रवद्धन गर्ने उद्धेश्य अनुसार इरावान मुवाँथाई फाइट जिमलाई प्रायोजन गरेको केटीएम सिटीले जनाएको छ ।
सम्झौता अनुसार फाइट जिमलाई आवश्यक पर्ने किट केटीएम सिटीले उपलब्ध गराउनेछ । जिमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रशिक्षणमा जाने खेलाडीलाई समेत केटीएम सिटीले आवश्यक किट प्रायोजन गर्नेछ । 
फाइट जिमको तर्फबाट वरुण घले गुरुङ व्यवसायिक फाइट र प्रशिक्षण गर्न  दुई महिनाका लागि थाईल्याण्डमा जादैछन् । गुरुङलाई आवश्यक पर्ने खेल किटलाई केटीएम सिटीले प्रायोजन गरेको छ । 
इरावान मुँवाथाई फाइट जिमसँग सहकार्य गर्न पाउँदा केटीएम सिटीले खुसी व्यक्त गरेको छ । यस सहकार्यले नयाँ खेलको प्रबद्र्धनमा सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । 
नेपाली ब्राण्ड केटीएम सिटीले मुवाँथाई सहित विभिन्न खेल र खेलाडीसँग सहकार्य गर्दै आएको छ । 

केटीएम सिटी राष्ट्रिय फुटबल टोलीको पनि  मुख्य किट प्रायोजक हो । केटीएम सिटीले फुटबल सहित भलिबल, क्रिकेट, ब्याडमिन्टन, लन टेनिस सहित विभिन्न खेलसँग सहयोग र सहकार्य गर्दै आएको छ ।