वैशाख २८, २०८२ आइतबार | २१:१८:५५
रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन

नेताको रोजाईमा नपर्दा खेलकुद लावारिस

काठमाडौं । सत्ता साझेदार दल र तिनका नेताहरुको प्राथमिकतामा नपर्दा सरकार गठन भएको एक महिना बित्न लागिसक्दा पनि युवा तथा खेलकुद मन्त्रालयले अझैसम्म नेतृत्व पाउन सकेको छैन ।

एनेकपा माओवादी केन्द्रका अध्यक्ष पुश्पकमल दाहाल गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन सत्ता साझेदार अन्य दल नेकपा एमालेका चार, राष्ट्रिय स्वतन्त्र पार्टीका एक र माओवादीबाट थप दुई गरि १० सदस्यीय सानो मन्त्रीमण्डल गठन गरिएको थियो ।

गठन भएको एक महिना बित्नै लाग्दा मंगलबार अन्य सत्ता साझेदार दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत थप गरेर विस्तार गरेर २३ सदस्यीय मन्त्रीमण्डल बनाइयो । नेपालको संविधान २०७२ अनुसार संघीय सरकारको मन्त्रीमण्डल बढिमा २५ सदस्यीयसम्म हुन सक्ने प्रावधान छ ।

संवैधानिक व्यवस्थाअनुसार अब मन्त्रीमण्डलमा बढिमा दुई सदस्यमात्र थप गर्न मिल्छ । तर, सत्ता साझेदार दल र सम्बन्धित दलबाट मन्त्री पदका लागि दाबेदारी गरिरहेका नेताहरुको रोजाईमा नपर्दा युवा तथा खेलकुद मन्त्रालय भने लावारिस भएको हो । सत्ता साझेदार दल र तिनका थुप्रै नेताहरुले अस्वीकार गरेका कारण प्रधानमन्त्री दाहालले युवा तथा खेलकुद र बन तथा वातावरण मन्त्रालय आफैसँग राखेका छन् ।

‘बजेटका हिसावमा युवा तथा खेलकुद मन्त्रालय निक्कै सानो मानिन्छ । युवा परिचालन र काम गर्नका लागि यहाँ धेरै सम्भावना भए पनि राजनीतिक दलका नेताहरुको प्राथमिकतामा यो पर्न सकेन,’ नेकपा एमालेका एक सांसद भन्छन्, ‘खासमा हाम्रा नेताहरुले बुझ्नै सक्नुभएन । हामी खेलकुदको माध्यमबाट देशको मुहार परिवर्तन गर्न सक्छौं ।’

नेपाली काग्रेसका नेता एवं अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाले युवा बाहुल्यको नयाँ संसदीय शक्ति संरचनाअनुसार पनि खेलकुद मन्त्रालय कसैको रोजाईमा नपरेकोमा दुःख व्यक्त गरे ।

‘काम गर्ने उद्देश्य राख्दा खेलकुद महत्वपूर्ण मन्त्रालय हुनुपर्ने हो । अहिले संसदमा युवाहरु धेरै आउनुभएको छ । नयाँ युवाहरुबाट मैले खेलकुदमा धेरै आशा गरेको थिएँ । तर उहाँहरुको पनि रोजाईमा खेलकुद नपर्दा निक्कै दुःख लागेको छ । यो वास्तवमै खेलकुदका लागि निराशाजनक कुरा हो,’ उनले भने ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP