आइसिसी विश्वकप लिग दुई

नेपालले घरेलु मैदानमा खेल्ने एक दिवसीय श्रृंखलाको खेल तालिका सार्वजनिक

फाइल फोटो


काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत नेपालले नामिबिया र स्कटल्यान्डसँग खेल्ने एक दिवसीय श्रृंखलाको खेल तालिका सर्वाजनिक भएको छ ।

नेपाल क्रिकेट संघ ( क्यान) ले  आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फेब्रुअरी १४  देखि २१ सम्म  हुने श्रृंखलाको खेल तालिका सर्वानजिक गरेको हो ।


सार्वजनिक तालिका अनुसार नेपालले फेब्रुअरी १४ र १८ मा नामिबिया तथा फेब्रुअरी १७ र २१ मा स्कटल्यान्डसँग खेल्नेछ । यसैगरी स्कटल्यान्ड र नामिबियाले फेब्रुअरी १५ र २० मा प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा २४ खेल खेलेको नेपालले आठ जित र १४ हारको नतिजा निकाल्दा एक खेल बराबरी र एक खेल बिना नतिजा टुङ्गिएको छ । नेपाल १८ अंकका साथ छैटौं स्थानमा छ ।


लिगको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले ३२ खेलमा ४६ अंक जोड्दा नामिबिया ३० खेलबाट ३७ अंकका साथ तेस्रो स्थानमा छ । यसैगरी ओमानले (४४),अमेरीका (३५),युएई (२७) र पपुवा न्युगिनी (पाँच) अंकका साथ दोस्रो, चौथो, पाँचौ र अन्तिम स्थानमा छन् ।