महिला ट्वान्टी २० विश्व कप

पाकिस्तानको विजयी सुरुआत

काठमाडौं । पाकिस्तानले आइसिसी महिला यु–१९ टी २० विश्वकपमा विजयी सुरुआत गरेको छ ।

पाकिस्तानले समूह ‘बी’ अन्तर्गत सिनवेस पार्कमा आइतबार सम्पन्न खेलमा रुवान्डालाई आठ विकेटले पराजित गरेको हो ।

यस जितसँगै पाकिस्तानले दुई अंक जोड्दा रुवान्डाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

रुवान्डाले प्रस्तुत गरेको एक सय सात रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा दुई विकेट गुमाउँदै भेट्टायो ।

पाकिस्तानका लागि इमान फतिमाले ६० बलमा ११ चौका मद्दतमा अविजित रहँदै सर्वाधिक ६५ रन जोडिन् । यसैगरी कप्तान सायदा शाहले अविजित २० र  वार्दा युसफले १६ रन बनाए ।

तेस्रो विकेटका लागि इमान र सायदाले अविजित ७२ रनको साझेदारी गरेका थिए । 
 

रुवान्डाका लागि हेनरिएट इसिम्वे र कप्तान गसेल इसिम्वेले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको रुवान्डाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६ रनको योगफल तयार पारेको थियो ।

रुवान्डाका लागि गिसेल इसिम्वेले ४५ बलमा चार चौका मद्दतमा सर्वाधिक ४० रन जोडिन् । यसैगरी सिन्थिया टुइजेरेले २१ र हेनरिएट इसिम्वले १४ रन बनाए ।

दोस्रो विकेटका लागि गिसेल र सिन्थियाले ५२ रनको साझेदारी गरेका थिए ।

पाकिस्तानका लागि  अरिशा नुरले दुई तथा जाइब उन निसा, सायदा शाह र अनोशा नसिरले समान एक विकेट लिए ।