टेस्ट

बंगलादेश दुई सय ४० रनले पछि


चट्टोग्राम । भारतविरुद्धको पहिलो टेस्टको चौथो दिन समाप्ती हुँदा बंगलादेश दुई सय ४० रनले पछि परेको छ ।

जाहुर अहमेद चौधरी स्टेडियममा जितका लागि पाँच सय १३ रनको लक्ष्य पछ्याएको बंगलादेशले चौथो दिनको समाप्तीमा २७२–६को अवस्थामा छ । अब जितका लागि बंगलादेशले पाँचौ तथा अन्तिम दिन दुई सय ४१ रन बनाउनु पर्ने भएको छ । 

बंगलादेशका लागि कप्तान सकिब अल हसन ६९ बलमा तीन चौका र दुई छक्का मद्दत अविजित ४० रन बनाएर खेलिरहेका छन । उनलाई मेहदी हसनले नौ रन बनाएर साथ दिइरहेका छन ।

त्यस्तै जाकिर हसनले दुई सय २४ बलमा १३ चौका र एक छक्का मद्दतमा सर्वाधिक एक सय रनको योगदान दिए । नजमुल हुसेन सान्तोले एक सय ५६ बलमा सता चौका मद्दतमा ६७, मुस्फिकुर रहिमले २३ र लिटोन दासले १९ रन जोडे ।

भारतका अक्षर पटेलले तीन तथा कूलदीप यादव, रवीचन्द्रन आश्विन र उमेश यादवले समान एक विके लिए । 

यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा सबै विकेट गुमाउँदै चार सय चार रन बनाएको थियो । त्यस्तै बंगलादेश १५० रन मा समेटिएपछि भारतले पहिलो इनिङमा दुई सय ५४ रनको अग्रता लिएको थियो ।  

२५८–२ को अवस्थामा भारतले दोस्रो इनिङ समाप्तीको घोषणा गरेपछि बंगलादेशले पाँच सय १३ रनको लक्ष्य प्राप्त गरेको थियो । भारतका लागि शुभमन गिलले एक सय ५२ बलमा १० चौका र एक छक्का मद्दतमा सर्वाधिक एक सय १० रनको योगदान दिए ।

त्यस्तै चेतेश्वर  पुजाराले  ले एक सय ३० बलमा १३ चौका मद्दतमा अविजित एक सय दुई, कप्तान केएल राहुलले २३ र विराट कोहलीले अविजित १९ रन जोडे ।

बंगलादेशका मेहदी हसन र खालिद अहमेदले समान एक विकेट लिए ।