चैत्र १०, २०८२ मंगलबार | ००:०३:२५
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

क्रोएसियालाई तेस्रो स्थान

काठमाडौं । क्रोएसियाले कतार फिफा विश्वकप २०२२ मा तेस्रो स्थान हासिल गरेको छ । शनिबार खलिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ ले पराजित गर्याे ।

दोहामा भएको खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को जिभार्डिओल र मिस्लाभ ओर्सिचले एक एक गोल गरे । मोरक्कोको लागि अचराफ डारीले एक गोल फर्काए । पहिलो हाफको ९ मिनेटमै दुई गोल हुँदा खेल रोमाञ्चक अवस्थामा पुगेको थियो । तर, पहिलो  हाफमा तीन गोल भएपनि दोस्रो हाफमा थप गोल हुन सकेन ।

खेलको सातौं मिनेटमा जोस्कोले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । इभान पेरिसिकको पासलाई जोस्कोले हेड गोल गरे । पहिलो गोल भएको दुई मिनेट पछि नै अचराफले हेडमार्फत बराबरी गोल गरेका थिए । ४२औं मिनेटमा ओर्सिचले गोल गर्दै खेलमा क्रोएसियालाई विजयी बाटो डोर्याएका थिए ।

जितसँगै सन् २०१८ को उपविजेता क्रोएसियाले कतार विश्वकपमा तेस्रो स्थानमै चित्त बुझाएको छ । पहिलो पटक सेमिफाइनल पुग्ने अफ्रिकन राष्ट्र बनेको मोरक्को चौथो स्थानमा रह्यो ।

आइतबार हुने फाइनलमा खेलमा दुई पटका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । लुसेल मैदानमा हुने खेलमा पौने ९ बजे हुने तालिका छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो