लुका माड्रिच

मोड्रिचले २०२४ को युरोपियन च्याम्पियनसिप खेल्ने डालिचको विश्वास

दोहा । क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले कप्तान लुका माड्रिचले २०२४ को युरोपियन च्याम्पियनसिप खेल्ने विश्वास व्यक्त गरेका छन ।
 

रुस विश्वकप २०१८ को रुस विश्वकपको फाइनलसम्म यात्रा तय गर्दा मोड्रिचले प्रमुख भुमिका खेलेका थिए । उनले सोही प्रदर्शनको आधारमा बलोन डी अर जितेका थिए । कतार विश्वकप २०२२ मा भने मोड्रिचको टोली सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो । 
 

यससँगै माड्रिचले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने अनुमान गरिएको छ । क्रोएसियाले आज राति तेस्रो स्थानको प्लेअफमा मोरोक्काको सामाना गर्दैछ । 

३७ वर्षिय मोड्रिचले भने अहिलेसम्म आफ्नो भविष्यका बारेमा केही बताएका छैनन । 
 

मोड्रिच टोलीको सफलतको प्रेरणाको स्रोत हुन्,डालिचले भने, उनले २०२४ को युरोपियन च्याम्पियनसिप खेल्छन् भन्नेमा हामी विश्वस्त छौ । यद्धपी उनले अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लगाए पनि हामी उनको निर्णयको सम्मान गर्छौ ।