टेस्ट

अष्ट्रेलियालाई शृंखला

सिड्नी । घरेलु टोली अष्ट्रेलियाले आइतबार दोस्रो टेस्टमा वेस्ट इन्डिजविरुद्ध चार सय १९ रनको जित निकालेको छ ।

एडिलेड ओभलमा जितका लागि चार सय ९७ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज दोस्रो इनिङमा मात्र ७७ रनमा समेटियो । ३८–४ को स्थितीबाट चौथो दिनको खेल सुरु गरेको वेस्ट इन्डिजले थप ३९ जोड्दा बाँकी ६ विकेट गुमायो ।

वेस्ट इन्डिजका लागि चन्द्रपाउलले सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै जोस्वाा डे सिल्भाले १५,रोस्टन चेसले १३, डिभोन थोमसले १२ र जेसन होल्डरले ११रन जोडे ।

अस्ट्रेलियाका मिचेल स्टार्कले,माइकल नसेर र स्कट बोल्यान्डले समान तीन तथा नाथन लियोनले एक विकेट लिए ।

अस्ट्रेलियाले ५११–४ को स्थितामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । वेस्ट इन्डिज भने दुई सय १४ रनमा अलआउट भएको थियो । यससँगै अस्ट्रेलियाले दुई सय ९७ अग्रता बनाएको थियो ।

१९९–६ को स्थितीमा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको अस्ट्रेलियाले वेस्ट इन्डिज सामु जितका लागि चार सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

अस्ट्रेलियाका उस्मान ख्वाजाले ५० बलमा सात चौका मद्दतमा सर्वाधिक ४५ रनको योगदान दिए ।

ट्रभिस हेडले ३८,कप्तान स्टिभ स्मिथले ३५,मार्नुस लाबुसेनले ३१ र डेविड वार्नरले २८ रन जोडे ।

वेस्ट इन्डिजका अल्जारी जोसेफले तीन, रोस्टन चेसले दुई तथा एन्डरसन फिलिपले एक विकेट लिए । 

यस जितसँगै अस्ट्रेलियाले दुई टेस्टको श्रृखंला २–० ले जितेको छ । पहिलो खेलमा अस्ट्रेलियाले एक सय ५४ रनले आफ्नो पक्षमा पारेको थियो ।