इङ्ल्यान्ड

फ्रान्सविरुद्ध हारको पिडा जीवनभर रहनेछः केन

दोहा । इङ्ल्यान्डका कप्तान ह्यारी केनले आफ्नै गल्तीका कारण फ्रान्स फ्रान्सलाई नतिजा सुम्पिन बाध्य भएको र त्यो पिडा जिन्दगीभर रहने बताएका छन् ।

कतार विश्वकप २०२२ अन्तर्गत शनिबार शनिबार सम्पन्न अन्तिम सेमिफाइनलमा इङ्ल्यान्डले साबिकको विजेता फ्रान्सलाई २–१ को नतिजा सुम्पिएको थियो । फ्रान्सविरुद्ध इङ्ल्यान्डले दुई पटक पेनाल्टीको अवसर पाएको थियो । तर केनले एउटा पेनाल्टीको सदुपयोग गरे भने दोस्रो अवसरको सदुपयोग गर्न सकेनन् ।

फ्रान्सविरुद्धको हारको जिम्मेवारी म लिन्छु, केनले भने, मेरो गल्तीका कारण टोलीको लक्ष्यले पूर्णता पाएन । मेरो गल्तीका कारण इङ्ल्यान्ड पराजित भयो र यो पिडा मेरो जिन्दगीभर रहिरहनेछ ।

१९९० को विश्वकपपछि विश्वकपको एकै खेलमा पेनाल्टीका गोल गर्ने र गुमाउने केन पहिलो खेलाडी बनेका छन् । १९९० मा चेकोस्लोभियाका माइकल बिलिचले अमेरिकाविरुद्ध एउटा पेनाल्टीको सदुपयोग गरेको थिए भने अर्को पेनाल्टीको अवसर गुमाएका थिए ।