विराट काेहली

ट्वान्टी २० क्रिकेटमा कोहलीको पहिलो सतक

दुबई । भारतीय टिमका ब्याटर विराट कोहलीले ट्वान्टी २० क्रिकेटमा पहिलो सतक बनाएका छन् ।

कोहलीले एसिसी एसिया कप २०२२ अन्तर्गत सुपर फोरमा अफगानिस्तानविरुद्ध सतक प्रहार गरे ।

अफानिस्तानविरुद्ध कोहलीले ५४ बलमा ११ चौका र चार छक्कासहित सतक पूरा गरे ।

यसअघि ट्वान्टी २० क्रिकेटमा ९४ रन कोहलीको उच्च स्कोर थियो । यस्तै, कोहलीले क्रिकेटको सबैखाले फर्म्याटमा ३३ महिनापछि सतक बनाए ।

उनले पछिल्लो पटक सन् २०१९ को नोभेम्बरमा कोलकातामा खेलिएको बंगलादेशविरुद्धको टेस्ट क्रिकेटमा सतक प्रहार गरेका थिए ।  कोहलीले क्रिकेटको सबैखाले फर्म्याटमा कोहलीको यो ७१औं सतक हो ।