चेल्सी

पोटर चेल्सीको नयाँ प्रशिक्षक

काठमाडौं । चेल्सीले ब्राइटनका प्रशिक्षक ग्राहम पोटरलाई नयाँ प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ ।

युरोपियन च्याम्पियन्स लिगमा डाइनामो जग्रेबसँग १-० ले पराजित भएपछि चेल्सीले बुधबार मुख्य प्रशिक्षक थोमस टचेललाई बर्खास्त गरेको थियो ।

चेल्सीले ब्राइटनलाई ‘रिलिज क्लज’ तिर्ने भएपछि ४७ वर्षीय पोटरको स्टाम्फोर्ड ब्रिज आउन तयार भए ।

चेल्सीले पोटरसँग पाँच वर्षको सम्झौता गरेको छ ।

‘म यो निकै उत्कृष्ट र चर्चित क्लबलाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी छु । म नयाँ चेल्सीका नयाँ मालिकहरुसँगै सहकार्य अघि बढाउन उत्सुक छ,’ सम्झौतापछि पोटरले भने, ‘म यो अवसरका लागि मलाई स्वतन्त्रता प्रदान गरेको ब्राइटनप्रति पनि कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’

पोटरको नेतृत्वमा चेल्सी शनिबार प्रिमियर लिगअन्तर्गत फुलहमसँग पहिलो खेल खेल्नेछ ।