विराट कोहली

कोहलीको अर्धशतकमा पाकिस्तानलाई १ सय ८२ रनको लक्ष्य

युएई । विराट कोहलीको अर्धशतकप्रेरित भारतले एसिसी एसिया कपको सुपरफोर अन्तर्गत आइतबार जारी खेलमा पाकिस्तानलाई १ सय ८२ रनको लक्ष्य दिएको छ ।

युएईमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गर्यो ।

भारतका लागि वान् डाउनमा आएका कोहलीले ४४ बलमा ४ चौका र एक छक्कासहित ६० रनको महत्त्वपूर्ण इनिङ खेले । यस्तै, ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा २८–२८ रन बनाएर पेभेलियन फर्किँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

पाकिस्तानका लागि शादब खानले दुई तथा नशीम शाह, मोहम्मद हस्नेन, ह्यारिस रौफ र मोहम्मद नवाजले १–१ विकेट लिए ।